• ट्रेण्डिङ्ग :
वन्यजन्तु आक्रमणबाट झापामा १५ वर्षमा ५२ जनाले ज्यान गुमाए

वन्यजन्तु आक्रमणबाट झापामा १५ वर्षमा ५२ जनाले ज्यान गुमाए


  • 5.6K
    SHARES
    • आषाढ २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    वन्यजन्तु आक्रमणबाट झापामा १५ वर्षमा ५२ जनाले  ज्यान  गुमाए

    झापा,२० असार ।  झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा ४७ नेपाली र पाँच भारतीय नागरिक छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगतदेखि आवाज उठाइरहेको भए पनि यसको ठोस योजना बन्न नसकेको प्रदेश १ का प्रदेशसभा सदस्य एकराज कार्कीले बताए। 

    images

    भारतबाट हुलका हुल आउने जंगली हात्ती झापाको बाहुनडाँगी क्षेत्रमा प्रवेश गरी मानवबस्ती, किसानको बालीनाली सखाप पार्नुका साथै मानवजीवन नै खतरामा पर्ने गरेको उनले जानकारी दिए । झापामा केही वर्ष पहिले बाहुनडाँगीमा मेची नदीको पश्चिमतर्फ फ्रेन्सी तार लगाइयो, यसले गर्दा केही वर्षसम्म हात्ती प्रवेशमा नियन्त्रण भए पनि चोरी, तस्करीका कारण फेन्सी तार छै अहिले निर्वाधरुपमा हात्ती प्रवेश गरेर सर्वसाधारण जनतालाई दुःख दिइरहेको अवस्था छ । 
     


    तेस्रो आँखा
    लेखकबाट थप