• ट्रेण्डिङ्ग :
असंलग्नताको सिद्धान्त विश्वका वर्तमान समस्याकाे एक मात्र उपाय : सभामुख सापकोटा

असंलग्नताको सिद्धान्त विश्वका वर्तमान समस्याकाे एक मात्र उपाय : सभामुख सापकोटा


  • 6.6K
    SHARES
    • आषाढ २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    असंलग्नताको सिद्धान्त विश्वका वर्तमान समस्याकाे एक मात्र उपाय : सभामुख सापकोटा

    काठमाडौं,२० असार । सभामुख अग्निप्रसाद सापकोटाले असंलग्नताको सिद्धान्तले मात्रै वर्तमान विश्वका समस्या हल गर्न सक्ने विषयमा असंलग्न राष्ट्रहरुका बीचमा समान धारणा बनेको बताएका छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर आइतबार बेलुकी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  सभामुख सापकोटाले सो जानकारी दिएका हुन् ।

    images

    संयुक्त राष्ट्रसंघ पछिको सबैभन्दा ठूलो सञ्जालका रुपमा स्थापित असंलग्न राष्ट्रहरुका सभामुखहरुको सम्मेलनमा भू–राजनीतिक तनाब, हतियारको दौड, सैन्य खर्च वृद्धि, खाद्य संकट, जलवायु परिवर्तन, आर्थिक मन्दी, मानवीय संकट लगायतका देखापरेका समस्याको असंलग्नताको सिद्धान्तले मात्रै हल गर्न सक्ने विषयमा समान धारणा बनेको उनले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप