काठमाडौं, २० असार । आज (सोमबार) प्रतिनिधि सभाको बैठक बस्नेभएकाे । बैठक दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ भने बैठकका लागि सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।
त्यसपछि प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पति भएका केही विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् । राष्ट्रिय सभामा उत्पत्ति भएका तीन विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची रहेकाे छ ।
