• ट्रेण्डिङ्ग :
गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


  • 6.0K
    SHARES
    • आषाढ २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    काठमाडौं, २० असार । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । नेपालका लागि भारतीय राजदूत बनेर भर्खरै नेपाल आएका राजदूत श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलोपटक भेटघाट गरेका हुन् ।

    images

    गृह मन्त्रालयमा आज बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुढृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए। भेटमा गृहमन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताअनुरुप कृषि क्षेत्रमा रासायनिक मल सहजीकरण गर्न आग्रह गरेका थिए। राजदूत श्रीवास्तवले नेपालसँग भएको सम्झौता कार्यान्वयमा आफूले पहल गर्ने बताएका थिए।


    तेस्रो आँखा
    लेखकबाट थप