• ट्रेण्डिङ्ग :
अप्परसोलुको आइपिओ खुला

अप्परसोलुको आइपिओ खुला


  • 6.0K
    SHARES
    • आषाढ २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    अप्परसोलुको आइपिओ खुला

    काठमाडौं, २० असार । अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १९ करोड ५७ लाख ५० हजार मूल्य बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको हो ।     

    images

    कम्पनीले कूल निष्काशनको दुई प्रतिशतले हुने ३९ हजार १५० कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइ बाँकी १८ लाख २० हजार ४७५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेकोे छ । सार्वजनिक आह्वान पत्रानुसार सर्वसाधारणले यही असार २३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउनेछन् । जसमा मागबमोजिम आवेदन नपरे आगामी साउन २ गतेसम्म बिक्री खुला हुने पत्रमा उल्लेख छ । 

    हाल आइपिओमा आवेदन दिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएकाले निष्काशन बन्द छिटो नै हुने देखिन्छ । कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका हुँदै बहने सोलु खोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरो शेयरको मोबाइल एप तथा वेबसाइटमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी–आइआर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप