• ट्रेण्डिङ्ग :
हमालले आफ्नै प्रतिबद्धताविपरीत तलब सुविधा लिए

हमालले आफ्नै प्रतिबद्धताविपरीत तलब सुविधा लिए


  • 6.1K
    SHARES
    • आषाढ २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    हमालले आफ्नै प्रतिबद्धताविपरीत तलब सुविधा लिए

    धनगढी,२१ असार ।  धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफ्नै प्रतिबद्धताविपरीत तलब सुविधा लिएका छन्। उनले जेठ महिनाको २३ दिनको ५५ हजार ६८७ रुपैयाँ ८३ पैसा तलब बुझेका हुन्।

    images

    चुनावका बेला हमालले एक रुपियाँ पनि सेवा सुविधा उपमहानगरबाट नलिने प्रतिबद्धता जनाएका थिए।  यद्यपि हमालले तलब रकम धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको गौ संरक्षण सेवा समितिलाई हस्तान्तरण गरेका छन्। स्थानीय सरकारबाट तलब लिएर समाजसेवा गर्नु आफ्नै घोषणाविपरीत भएको भन्दै उनको आलोचना हुन थालेको छ। 
     


    तेस्रो आँखा
    लेखकबाट थप