• ट्रेण्डिङ्ग :
कैलालीको टीकापुर अस्पतालमा जनरल सर्जरी सेवा सुरु

कैलालीको टीकापुर अस्पतालमा जनरल सर्जरी सेवा सुरु


  • 7.9K
    SHARES
    • आषाढ २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    कैलालीको टीकापुर अस्पतालमा जनरल सर्जरी सेवा सुरु

    कैलाली,२१ असार । कैलालीको टीकापुर अस्पतालमा जनरल सर्जरी सेवाकाे सुरुआत भएको छ । सुविधासम्पन्न अस्पताल भएर पनि विशेषज्ञ नहुँदा बिरामी समस्यामा पर्दै आएका थिए । जनरल सर्जन डा. नवीनचन्द्र भट्टले अस्पतालमा हालै आफ्नो सेवा सुरु भएकाे बताए  । यसअघि वीर अस्पताल काठमाडौँमा कार्यरत डा. भट्ट सरुवा भई टीकापुर अस्पताल आएका हुन् । उनले अस्पतालबाट जनरल एण्ड जीआई सर्जरीको सबै सेवा थालनी हुने जानकारी दिए । हाइड्रोशील, हर्निया, सिष्ट पलाएको, पथरी, पाइल्स, फिस्टुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत तथा पानी भरिएकोलगायत समस्याको शल्यक्रिया यही हुने उनले  बताए । केही दिनमै ‘मेसिन’ आएपछि ल्याप्रोस्कोपीको माध्यमबाट पनि शल्यक्रिया सुरु हुनेछ । 

    images

    उनका अनुसार यो शल्यक्रिया भनेको चिरफार नगरी मेसिनद्वारा सानो प्वाल पारी गरिने शल्यक्रिया हो । डा भट्ट आएसँगै अस्पतालमा अब आठ विशेषज्ञ चिकित्सक भएका छन् । नौ चिकित्सकको दरबन्दी रहेको  अस्पतालमा दुई सरकारी दरबन्दी र बाँकी छ जना स्थानीय तह तथा अन्य क्षेत्रबाट सुविधा प्राप्त गर्नेगरी काम गरिरहेका छन् ।अस्पतालमा जनरल सर्जन, अर्थो, बालरोग, स्त्री तथा प्रसूति, एनेष्थेसिया र एमडिजीपी सेवा उपलब्ध रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीेले जानकारी दिए । यसपछि अस्पतालको गुरुयोजना बनाई अहिले ५१ शय्या रहेको अस्पताल स्तरोन्नति गरी ५१ शय्या थप्ने तयारी भइरहेको पनि उनले बताए ।

    अस्पतालमा दैनिक ५०० सम्म बिरामीले उपचार सेवा लिने गरेका छन् । कैलाली जिल्लाको टीकापुर, लम्की, भजनी नगरपालिका, जानकी, जोशीपुर गाउँपालिकासहित बर्दिया जिल्लाको राजापुरका मानिस पनि उपचार सेवा लिन आउने गरेका छन् ।  स्वास्थ्य बीमा कार्यक्रमसमेत लागू भएकाले सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । त्यहाँका पालिकाका नागरिकले सेवा पाउने भएकाले अस्पतालमा विशेषज्ञ चिकित्सक र अन्य सेवा विस्तारका लागि टीकापुर , भजनी नगरपालिका र जानकी गाउँपालिकाले सघाउँदै आएका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप