काठमाडौं, २१ असार। गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ । मदाने गाउँपालिका वडा १ अग्लुङ निवासी १४ वर्षीय चन्द्र बिष्टको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मंगलबार बिहान परेको चट्याङले लागेर घाइते बिष्टको उपचारको लागि गुल्मी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।यस्तै चट्याङले लागेर उनकी आमा ४२ वर्षकी संगिता बिष्ट घाइते भएको प्रहरीले जनाएको छ ।
