• ट्रेण्डिङ्ग :
अर्थमन्त्री जनार्दन शर्माको सम्बोधन एमालेद्वारा बहिष्कार

अर्थमन्त्री जनार्दन शर्माको सम्बोधन एमालेद्वारा बहिष्कार


  • 6.1K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    अर्थमन्त्री जनार्दन शर्माको सम्बोधन एमालेद्वारा बहिष्कार

    काठमाडाैं, २२ असार। प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीको जवाफलाई नेकपा एमालेले बहिष्कार गरेको छ । बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बोल्ने समय दिएका थिए ।

    images

    त्यसपछि नेकपा एमालेका सांसदहरूले बोल्न अवरोध गरेका थिए । त्यसपछि सभामुख सापकोटाले एमाले सांसद योगेश भट्टराईलाई बोल्ने समय दिएका थिए । त्यस क्रममा सांसद भट्टराईले अर्थमन्त्री शर्मालाई अव अर्थमन्त्रीको हैसियतले बोल्ने नैतिक धरातल नभएको बताएका छन् ।

    ‘यो गरिमामय संसद्मा अर्थमन्त्रीका हिसाब उहाँले बोल्ने कुनै अधिकार उहाँसँग छैन,’ उनले भने,‘उहाँमाथि यो कुनै आरोप मात्रै होइन, यो संसदीय समितिले उहाँको दोष छ कि छैन भनेर प्रमाणित गर्ने होइन, उहाँ दोषमाथि के कारबाही गर्ने हो ।’ मुलुक अपराध संहिता, साइबर ऐन, सिसिटिभी फुटेज व्यवस्थापन समिति कार्यविधि लगायतका कानुनहरू अर्थमन्त्री शर्माको अपराधमा आकर्षित हुने उनले बताए ।

    अर्थमन्त्री शर्माले राजीनामा वा बर्खास्तीपछि मात्रै बोल्न पाउने सांसद भट्टराईले बताए । ‘राजीनामा दिएपछि मात्रै उहाँ यहाँ बोल्न सक्नुहुन्छ । प्रधानमन्त्रीले बर्खास्त गर्नुस् । अनि मात्रै हामी उहाँको कुरा सुन्छौ,’ उनले भने । यस्तै अर्थमन्त्रीकै पदमा राखेर कुनै पनि छानबिन गर्न नसकिने पनि उनले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप