• ट्रेण्डिङ्ग :
जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार


  • 5.9K
    SHARES
    • आषाढ २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

    काठमाडाैं,२४ असार ।  जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको हो । जापानी सञ्चारमाध्यहरुले गोली लागेका पूर्वप्रधानमन्त्री सिन्जोको शरीरबाट रगत बगेको र उनी ढलेको बताएका छन् ।

    images

    सिन्जोको छातीमा गोली लागेको र उनलाई एम्बुलेन्समा हालेर लगिएको जनाएको छ । घटनास्थलमा रहेका एनएचकेका संवाददाताले यामातो साइदाइजी स्टेसनमा गोलीको आवाज सुनेको बताएका छन् ।

    उनलाई गोली प्रहार भए लगत्तै प्राथमिक उपचार गरेर एम्बुलेन्समार्फत नजिकैको खुला स्थानमा लगिएको थियो र त्यहाँबाट प्यारामेडिक हेलिकोप्टरमा राखेर अस्पताल पुर्‍याइएको थियो । एनएचकेले दिएको जानकारी अनुसार अस्पताल पुर्‍याउँदासम्म बोलिरहेका उनी अहिले अचेत छन् । उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप