• ट्रेण्डिङ्ग :
माओवादीले स्थानीय तह निर्वाचनको अन्तरघात छानबिन गर्न ३ सदस्यीय समिति बनायो

माओवादीले स्थानीय तह निर्वाचनको अन्तरघात छानबिन गर्न ३ सदस्यीय समिति बनायो


  • 10.6K
    SHARES
    • आषाढ २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 16.3K Views

    माओवादीले स्थानीय तह निर्वाचनको अन्तरघात छानबिन गर्न ३ सदस्यीय समिति बनायो

    काठमाडौं, २५ असार । नेकपा (माओवादी केन्द्र)ले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अन्तरघात भएको भन्दै छानबिन समिति बनाएको छ ।

    images

    आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी सिमिति बैठकले चुनावमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा तीन सदस्यी समिति गठन गरेको हो पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    समितिको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेका छन् । केन्द्रीय समिति बैठकमा पार्टी केन्द्रीय सदस्यहरूले नै चुनावमा सहयोग नगरेको उम्मेदवारलाई घात गरेको कुरा उठेपछि स्थानीय समिति बैठकले छानबिन समित गठन गरेको प्रवक्ता महराको भनाइ छ।

    गत निर्वाचनमा मुख्य गरी मधेश प्रदेशमा अन्तर्घात भएको पार्टी केन्द्रमा रिपोर्टिङ भएको थियो । यसअघि बलियो देखिएको माओवादी यसपटकको निर्वाचनमा मधेशमा कमजोर बनेको छ । मधेशका नेताहरूले अन्तर्घातका कारण पराजित हुनुपरेको रिपोर्टिङ गरेका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप