• ट्रेण्डिङ्ग :
माओवादी निकट अखिल क्रान्तिकारीको विवाद मिलाउन तीन सदस्यीय समिति गठन

माओवादी निकट अखिल क्रान्तिकारीको विवाद मिलाउन तीन सदस्यीय समिति गठन


  • 5.7K
    SHARES
    • आषाढ २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    माओवादी निकट अखिल क्रान्तिकारीको विवाद मिलाउन तीन सदस्यीय समिति गठन

    काठमाडौं, २५ असार । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा देखिएको विवाद मिलाउन तीन सदस्यीय सुझाव समिति गठन गरिएको छ ।

    images

    आज शनिबार बसेको पार्टी स्थायी समिति बैठकले तीन जना पूर्वविद्यार्थी नेताहरू सम्मिलित सुझाव समिति गठन गरेको हो । समितिमा पूर्व विद्यार्थी नेता रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् । उनिहरूले विवाद समाधानका लागि पार्टी स्थायी समितिलाई सुझाव दिने छन् । निर्णय भने स्थायी समितिले नै गर्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    नयाँ नेतृत्व चयनका क्रममा सुरु भएको अखिल क्रान्तिकारीको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ । केन्द्रीय समिति उपाध्यक्षसमेत रहेका पवन कार्कीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको । कार्की नेतृत्वको असन्तुष्ट समूहले नयाँ राष्ट्रिय सम्मेलनको घोषणा समेत गरेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप