• ट्रेण्डिङ्ग :
हामी लोकतान्त्रिक हुन सके मात्र लोकतन्त्र सफल हुन्छ: सभामुख सापकोटा

हामी लोकतान्त्रिक हुन सके मात्र लोकतन्त्र सफल हुन्छ: सभामुख सापकोटा


  • 6.4K
    SHARES
    • आषाढ २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    हामी लोकतान्त्रिक हुन सके मात्र लोकतन्त्र सफल हुन्छ: सभामुख सापकोटा

    काठमााडौं, २५ असार। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद् लोकतन्त्रको आत्मा भएको बताएका छन्। भक्तपुरको सानोठिमीस्थित युवा परिषद्मा आज आयोजना गरिएको ‘सङ्घीय नमूना युवा संसद् अभ्यास कार्यक्रम’को उद्घाटन गर्दै उनले संसद् लोकतन्त्रको अन्तिम अर्थमा आत्मा भएको बताए ।
     
    सभामुख सापकोटाले मानव चेतनाको स्तर जति उचो भयो त्यति नै लोकतन्त्रले जनताको पक्षमा भूमिका खेल्न सक्ने चर्चा गर्दै संसद् जनताको आवाज प्रष्फुटित हुने थलो भएको बताए । संसदमा लोकतन्त्रको उच्चतम अभ्यास हुने थलो हुने भएको उल्लेख गर्दै उनले भने, “हामी लोकतान्त्रिक हुन सके मात्र लोकतन्त्र सफल हुन्छ, लोकतन्त्रको विकल्प झन् उन्नत लोकतान्त्र हो, त्यो प्रवचन र भाषण दिने विषय मात्र नभई जीवन पद्धति भएको छ ।”

    images


    तेस्रो आँखा
    लेखकबाट थप