• ट्रेण्डिङ्ग :
कांग्रेस महामन्त्रीका दाबेदार एनपी साउदले खोले सम्पर्क कार्यालय

कांग्रेस महामन्त्रीका दाबेदार एनपी साउदले खोले सम्पर्क कार्यालय


  • 6.5K
    SHARES
    • मंसिर २१, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    कांग्रेस महामन्त्रीका दाबेदार एनपी साउदले खोले सम्पर्क कार्यालय

    काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा दाबेदार एनपी साउदले सम्पर्क कार्यालय खोलेका छन्।

    images

    वर्तमान केन्द्रीय सदस्यसमेत रहेका साउदले अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटअगाडि लायन्स हब रहेको भवनको तेस्रो तलामा सम्पर्क कार्यालय खोलेका हुन् ।

    कार्यालयको औपचारिक शुभारम्भ भोलि बुधबार हुनेछ । यद्यपि कार्यालयमा नेता कार्यकर्ताको उपस्थिति बढेको छ । साउदका सहयोगी दिपक जोशीले कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिए ।

    महामन्त्री पदका लागि तयारी गर्न, कार्यकर्ता भेटघाट गर्न र सम्पर्क विस्तारका लागि कार्यालय खोलिएको उनको भनाइ छ ।

    साउदको सचिवालयले भेटघाटमा लागि आउने नेता कार्यकर्तालाई सम्पर्क कार्यालयमा आउन अपिल गरेको छ ।  

    नेपाली कांग्रेसको महाधिवेशन २४-२७ मंसिरमा भृकुटीमण्डपमा हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # एनपी साउद
  • # कांग्रेस

  • तेस्रो आँखा