काठमाडाैं, २७ असार। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन् । आज ललितपुरमा आयोजित कार्यक्रममा साउन ४ वा ५ मा बस्ने मन्त्रिपरिषद बैठकले संघीय र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुने थापाकाे भनाइ छ ।
‘साउन ४ वा ५ मा मन्त्रिपरिषदले निर्वाचनको मिति घोषणा गर्नेछ। मंसिर ४ वा ५ मा चुनाव हुन्छ,’ थापाले भने। पार्टीलाई विधिसंगत तरिकाले सञ्चालन गर्ने कार्यमा लागिरहेको उनले सुनाए । ६ महिनामा हामी केही चुकेका उनले स्वीकारे । केन्द्रीय समितिको बैठकमा जमेर छलफल गर्ने उनले बताए ।
