• ट्रेण्डिङ्ग :
रणवीर र दीपिका शाहरुख खानका छिमेकी बन्दै, किने यस्तो भब्य अर्पाटमेन्ट

रणवीर र दीपिका शाहरुख खानका छिमेकी बन्दै, किने यस्तो भब्य अर्पाटमेन्ट


  • 7.5K
    SHARES
    • आषाढ २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    रणवीर र दीपिका शाहरुख खानका छिमेकी बन्दै, किने यस्तो भब्य अर्पाटमेन्ट

    काठमाडौं, २७ असार। रणवीर सिंह र दीपिका पादुकोण अब शाहरुख खानका छिमेकी बन्ने भएका छन् । भारतीय मिडियाका अनुसार यो जोडीले शाहरुखको घर जजिक ११९ करोडको लक्जरी अपार्टमेन्ट किनेको बताइएको छ ।

    images

    मुम्बइकाे बान्द्रामा अवस्थित हरियाली आवासीय टावर ‘सागर रेशम’ मा दीपिका-रणवीरले विलासी अपार्टमेन्ट किनेका छन्। यस घरबाट उनीहरुले ब्यान्डस्ट्यान्डबाट अरब सागरको सुन्दर दृश्य हेर्न पाउनेछन् । यो जोडीको अपार्टमेन्ट टावरको १६, १७, १८ र १९ औं तलामा रहेको बताइएको छ ।

    यसको कुल क्षेत्र ११ हजार २६६ वर्ग फुट र एक विशेष टेरेस १ हजार ३ सय वर्ग फुट छ।दरको हिसाबले, वरपरको सम्पत्तीको मूल्य प्रति वर्ग फुट १ लाख रुपैयाँ छ। यस अर्थमा यो अपार्टमेन्टको मूल्य करिब ११९ करोड रुपैयाँ पर्छ।

    यो किन्नका लागि अभिनेताले ७.१३ करोड रुपैयाँ स्टाम्प शुल्क तिरेका छन् । जसमा उनीहरुले १९ वटा पार्किङ क्षेत्र पाएका छन्। मिडिया रिपोर्टका अनुसार यो अपार्टमेन्ट शाहरुख खानको मन्नत र सलमान खानको ग्यालेक्सी अपार्टमेन्टको धेरै नजिक छ ।


    तेस्रो आँखा
    लेखकबाट थप