• ट्रेण्डिङ्ग :
देशको विभिन्न स्थानमा आज भारी वर्षा हुने

देशको विभिन्न स्थानमा आज भारी वर्षा हुने


  • 5.6K
    SHARES
    • आषाढ २८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    देशको विभिन्न स्थानमा आज भारी वर्षा हुने

    काठमाडाैं,२८ असार ।  देशको विभिन्न स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेकाे छ ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १, गण्डकी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    images

    देशको पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने विभागको पूर्वानुमान छ।  आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 


    तेस्रो आँखा
    लेखकबाट थप