• ट्रेण्डिङ्ग :
आज १३ जुलाई भानु जयन्ती

आज १३ जुलाई भानु जयन्ती


  • 6.8K
    SHARES
    • आषाढ २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    आज १३ जुलाई भानु जयन्ती

    बुधबार, २०७९ असार । आज १३ जुलाई २०२२, नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात्  २०९ औँ भानु जयन्ती हो । नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधि आयोजना गरिन्छ । 

    images

    हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ , भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ ।

    १८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो । उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप