• ट्रेण्डिङ्ग :
आज ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विभिन्न विधेयकका प्रस्ताव पेश हुने

आज ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विभिन्न विधेयकका प्रस्ताव पेश हुने


  • 4.8K
    SHARES
    • आषाढ २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    आज ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विभिन्न विधेयकका प्रस्ताव पेश हुने

    काठमाडाैं,२९ असार । आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र डा भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ। 

    images

    बैठकमा गृहमन्त्री बालकृष्ण खाडले नेपाली नागरिकता (पहिलो स‌ंशोधन) विधेयक २०७९ पेश गर्ने, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भनी प्रस्ताव गर्ने, राष्ट्रिय सभाको सन्देशसहित नेपाल रेल्वे विधेयक २०७९ माथि प्राप्त स‌ंशोधनलाई निर्णायार्थ प्रस्तुत गरिने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देशसहित नेपाल रेल्वे विधेयक २०७९ माथिको दफावार छलफल सदनमा गरियोस भनेर प्रस्ताव गरिने छ ।

    त्यस्तै राष्ट्रिय सभामा उत्पति भएको औषधि (तेस्रो स‌शोधन)   विधेयक प्राप्त स‌ंशोधनहरूलाई निर्णायार्थ प्रस्तुत गरिने, स्वास्थ्य तथा जनस‌ंख्या मन्त्री भवानी प्रसाद खापुङले राष्ट्रिय सभामा उत्पति भएको औषधि (तेस्रो स‌शोधन) विधेयक २०७९ पारित गरियोस भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ।

    राष्ट्रिय सभामा उत्पति भएको स्वास्थ्य तथा स्वास्थ्य स‌ंस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ माथि प्राप्त स‌ंशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिने छ। स्वास्थ्य तथा जनस‌ंख्या मन्त्री भवानी प्रसाद खापुङले राष्ट्रिय सभामा उत्पति भएको स्वास्थ्य तथा स्वास्थ्य स‌ंस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ लाई पारित गरियोस भनेर प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ।   


    तेस्रो आँखा
    लेखकबाट थप