• ट्रेण्डिङ्ग :
श्रीलंकाको प्रधानमन्त्री कार्यालय पनि प्रदर्शनकारीको कब्जामा

श्रीलंकाको प्रधानमन्त्री कार्यालय पनि प्रदर्शनकारीको कब्जामा


  • 5.5K
    SHARES
    • आषाढ २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    श्रीलंकाको प्रधानमन्त्री कार्यालय पनि प्रदर्शनकारीको कब्जामा

    काठमाडौं, २९ असार। श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयमा पनि प्रदर्शनकारीले कब्जा जमाएका छन् । प्रधानमन्त्री विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गर्दै पश्चिमी प्रान्तमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन रोकिएको छैन ।

    images

    आक्रोशित प्रदर्शनकारीहरु सुरक्षा घेरा तोड्दै प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका छन् । प्रधानमन्त्री भने कार्यालयमा नरहेको र उनी अन्तै सुरक्षित रहेको बीबीसीले जनाएको छ । यसअघि प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापक्षे देश छाडेर भागिसकेका छन् । राजापक्षे भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप