• ट्रेण्डिङ्ग :
राजनीतिक छलफल गर्न ओलीसँग पुगेका मेयर शाह तबला लिएर फर्कीए 

राजनीतिक छलफल गर्न ओलीसँग पुगेका मेयर शाह तबला लिएर फर्कीए 


  • 8.1K
    SHARES
    • आषाढ ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    राजनीतिक छलफल गर्न  ओलीसँग पुगेका मेयर शाह तबला लिएर फर्कीए 

    काठमाडाैं,३० असार । राजनीति भेटघाटमा बालकोट पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला दिएर पठाएका छन् ।  बालेन शाह राजनीतिक भन्दा पनि नाचगानमा बढी रमाउँने संकेत स्वरुप ओलीले तबला उपहार दिएका हुन् ।  उनी जनताको काम भन्दा पनि मेयर भइसकेपछि समेत विभिन्न सो हरुमा उपस्थित देखिने गरेका कारण पूर्व प्रधानमन्त्री ओलीले तवबला उपहार दिएको एमालेका एक नेताले बताए ।

    images

     बुधबार साँझ बालकोट पुगेका मेयर शाहलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले  सामान्य भेटवार्तापछि तबला उपहार दिएको एमाले नेता कर्णबहादुर थापाले बताएका छन्। ओली र बालेनबीच काठमाडौं महानगरको समग्र विकासका बारेमा समेत छलफल भएको उनको भनाइ छ  । बालेनले यसअघि महानगरमा आफ्नो जित सुनिश्चित भएपछि ओलीलाई बालकोट नै पुगेर भेटेका थिए ।  तर ओलीले उनलाई राजनीतिक कार्यकर्ता भन्दा बढी सांगितिक व्यक्तिका रुपमा हेरेर तबला उपहार दिएको बताइएको छ । 

    बुधबार बिहान मात्रै एमालेबाट मेयरका प्रत्यासी केशव स्थापितलाई भेट्न बालेन उनकै निवास पुगेका थिए ।  केही दिनअघि काँग्रेसबाट मेयरमा उम्मेदवार बनेकी सिर्जना सिंहसँग पनि बालेनले भेटवार्ता गरेका थिए । बालेन सिर्जना सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई लगायतसँग पनि भेटवार्ता गरेका थिए ।  केपी ओलीले दिएकाे उपहार तबला बाेकेर फर्कीएका मेयर शाहलाइ तबला बजार बस्न सामाजिक सञ्जालमा सुझाव समेत आएकाे छ । 
       


    तेस्रो आँखा
    लेखकबाट थप