• ट्रेण्डिङ्ग :
श्रीलंकाका प्रदर्शनकारी राष्ट्रपति, प्रधानमन्त्रीलगायतका सरकारी निवास छाड्न तयार

श्रीलंकाका प्रदर्शनकारी राष्ट्रपति, प्रधानमन्त्रीलगायतका सरकारी निवास छाड्न तयार


  • 4.6K
    SHARES
    • आषाढ ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.1K Views

    श्रीलंकाका प्रदर्शनकारी राष्ट्रपति, प्रधानमन्त्रीलगायतका सरकारी निवास छाड्न तयार

    एजेन्सी, ३० असार। श्रीलंकाको राष्ट्रपति, प्रधानमन्त्रीलगायतका सरकारी निवास प्रदर्शनकारीहरूले छाड्ने भएका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै आफूहरूले राष्ट्रपति निवास, प्रधानमन्त्री रनिल विक्रमासिंघेको आवास, प्रधानमन्त्री कार्यालय छाड्ने घोषणा गरेका हुन्। 

    images

    उनीहरूले शान्‍तिपूर्ण प्रदर्शनलाई भने नरोक्ने बताएका छन्। संघर्षलाई निरन्तरता दिन उनीहरूले पूरानो संसद भवन र गाल्ले फेस ग्रिन पार्क नछाड्ने बताएका छन्। आफ्ना मागहरू पूरा नभएसम्म शान्तिपूर्ण तरिकाले प्रदर्शन जारी नै राख्ने उनीहरूले बताएका छन्। यता सरकारले कोलोम्बोमा आज दिउँसो १२ बजेदेखि भोलि बिहानसम्म कर्फ्यु जारी गरेको छ।

    पछिल्ला केही महिनायता श्रीलंकामा आर्थिक संकट छ। नेताहरूले त्यस संकटबाट देशलाई उकास्न नसकेको भन्दै आजित भएका जनताले प्रदर्शन गरेका थिए। प्रदर्शनमा उत्रेका जनताले गत शनिबार राष्ट्रपति भवन कब्जा गरेका थिए। उनीहरूले कब्जा गर्नुअघि नै राष्ट्रपति राजापाक्षे त्यहाँबाट भागिसकेका थिए। अहिले उनी माल्दिभ्समा छन्। उनी सैनिक जेटबाट त्यहाँ पुगेका हुन्। उनी त्यहाँबाट पनि सिंगापुर जाने तयारीमा थिए। 

    यस्तै शनिबार नै प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको भवन पनि कब्जा गरेका थिए। उनीहरूले प्रधानमन्त्रीको भवनमा उनीहरूले तोडफोड र आगजनी गरेका थिए। अहिले श्रीलंकामा प्रधानमन्त्री विक्रमासिंघे कार्यवाहक राष्ट्रपति छन्। राजापाक्षेले देश छाडेर भागेपछि उनले संकटकालको घोषणा गरेका छन्।


    तेस्रो आँखा
    लेखकबाट थप