• ट्रेण्डिङ्ग :
आर्थिक अवस्था सुध्रिने खालको नीति ल्याउन गभर्नरलाई प्रधानमन्त्रीकाे निर्देशन

आर्थिक अवस्था सुध्रिने खालको नीति ल्याउन गभर्नरलाई प्रधानमन्त्रीकाे निर्देशन


  • 6.9K
    SHARES
    • आषाढ ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    आर्थिक अवस्था सुध्रिने खालको नीति ल्याउन गभर्नरलाई प्रधानमन्त्रीकाे निर्देशन

    काठमाडाैं,३० असार । अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लाई आर्थिक अवस्था सुध्रिने खालको नीति ल्याउन निर्देशन गरेका छन् ।  अधिकारीले आसन्न मौद्रिक नीतिको विषयमा  प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार ब्रिफिङ गरेका छन् ।

    images

    ब्रिफिङका क्रममा अधिकारीलाई प्रधानमन्त्री देउवाले अहिलेको आर्थिक अवस्था सुध्रिने खालको नीति ल्याउन भनेका हुन् । प्रधानमन्त्री निवासमा भएको ब्रिफिङमा सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, उद्योग वाणिज्य तथा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडू र अर्थसचिव मधु मरासिनी पनि थिए । गभर्नर अधिकारीले नीतिको विषयमा प्रस्तुति गरेका थिए,’ बैठकमा सहभागी एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीले कहिले नीति ल्याउनुहुन्छ ? भन्ने मात्रै प्रश्न गर्नु भयो ।’

    उत्तरमा गभर्नर अधिकारीले आउँदो साता ल्याउने बताएका थिए । ‘त्यसमा अहिलेको अवस्था सुधार गर्ने खालको नीति हुनुपर्छ भनेर प्रधानमन्त्री देउवाले अधिकारीलाई भनेका थिए,’ ती मन्त्रीले भने । अहिले गभर्नर अधिकारीमाथी एमालेको एक विभागमा नाम राखिएको विषय चर्चामा छ । प्रधानमन्त्री मन्त्रीहरुले गभर्नर अधिकारीलाई त्यस विषयमा कुनै प्रश्न नगरेको बताइएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप