• ट्रेण्डिङ्ग :
सकसमा रामचन्द्र पौडेल
भोलिमात्रै टुंगो लाग्नसक्छ साझा उम्मेदवार, डिनर भनेको चियामै सकियो संस्थापन इतरको बैठक

भोलिमात्रै टुंगो लाग्नसक्छ साझा उम्मेदवार, डिनर भनेको चियामै सकियो संस्थापन इतरको बैठक


  • 7.5K
    SHARES
    • मंसिर २१, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    भोलिमात्रै टुंगो लाग्नसक्छ साझा उम्मेदवार, डिनर भनेको चियामै सकियो संस्थापन इतरको बैठक

    काठमाडौं, २१ मंसिर ।  नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सुरु हुनु अघि भदौं १८ गते संस्थापन इतर पक्षले एउटा साझा निर्णय सार्वजनिक गरयो- साझा नेतृत्व चयन गर्ने ।

    images

    पत्रकार सम्मेलनमा बरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजनिकरूपमा अभिव्यक्ति दिए- आफ्नो समूहबाट आगामी नेतृत्वमा साझा उम्मेदवार घोषणा गर्छाैं । 

    तर, करिब ४ महिना बितिसक्दा पनि संस्थापन इतर पक्षले साझा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । महाधिवेशनको उद्घाटनसत्र आउन केही घण्टामात्रै बाँकी रहँदा इतर पक्षका नेता आवासीय छलफलमा जुटेका छन् । तर, सहमति जुट्ने संभावना न्यून छ । नेताहरू आ-आफ्नै अडानमा रहँदा पदाधिकारीका आकांक्षी नेताहरू शीर्ष नेताहरूको निर्णय कुरेर बसेका छन् ।

    सभापतिका आकांक्षी पूर्व महामन्त्री प्रकाशमान सिंहको काठमाडौंको ठमेलस्थित निवासमा आज भएको छलफलमा भोलि साझा उम्मेदवारको टुंगो लगाउने भन्दै बैठक सकिएको छ। नेताहरू आ-आफ्नै अडानमा रहँदा सहमति हुन सकेन ।

    बैठकमा सहभागी केन्द्रीय सदस्य जीवन परियारले तेस्रो आँखालाई भने- सहमतिको विकल्प छैन, महाधिवेशन प्रतिनिधि काठमाडौंमा आइसक्नुभएको छ । मिल्नुको विकल्प छैन । हामी नेताहरूलाई दवाब दिंदैछौं । भाेलि केही शुभ समाचार आउन सक्छ ।

    कसको विषयमा सहमति जुट्यो भन्ने चाहिँ उनले खुलाएनन् । 

    यस अघि बरिष्ठ नेता पौडेलले प्रकाशमान सिंहलाई एक वर्षका लागि आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए । तर, सिंहले त्यसलाई अस्वीकार गर्दै पौडेलले आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुन गएनन् ।

    पौडेलले सभापतिका लागि तीन तहको निर्वाचन सम्पन्न भए पद छाड्ने एजेण्डा अघि सारेका छन्  । तर, नेताहरूले त्यसलाई साथ दिने सम्भावना न्यून रहेको छ ।

    यता, इतर पक्षका नेताहरू धमाधम उम्मेदवारी घोषणा गर्दैछन् । एकपछि अर्काे उम्मेदवारी घोषणामा नेताहरूको व्यस्तता बढ्दा नेतृत्वको टुंगो लाग्न सकेको छैन । संस्थापन इतर पक्षका युवा नेताहरूले तत्काल साझा उम्मेदवार टुंगो लगाउन माग गरेका छन् । उनीहरूले २४ घण्टाभित्र सहमति जुटाउन आग्रह गरेको नेता दिपक गिरीले तेस्रो आँखालाई जानकारी दिए ।  

    संस्थापन इतर पक्षबाट कुनै पनि हातलमा बरिष्ठ नेता पौडेल आउने कसरतमा छन् । सभापतिका आकांक्षी महामन्त्री शशांक कोइरालाले बरिष्ठ नेता पौडेललाई समर्थन गर्ने संकेत गरेका छन् ।

    यस अघि कोइराला परिवारबाट एउटा उम्मेदवार अघि बढाउने भन्दै शशांक कोइराला, डा. शेखर कोइरालालगायतको छलफल भएको थियो । डा. शशांकले डा. शेखरलाई सहयोग गर्ने संकेत गरे पनि त्यो सफल हुन सकेन । 

    संस्थापन इतरमा रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला नेतृत्वको आकांक्षी छन् ।

    नेताहरूबीच प्रदेश अधिवेशनको मत परिणाको विषयमा पनि छलफल भएको छ । प्रदेशमा संस्थापन इतर पक्ष कमजोर देखिँदा आसन्न महाधिवेशनमा साझा उम्मेदवार चयन गर्नु पर्ने वाध्यात्मक अवस्था आइपरेको छ। वडा तहबाट साझा उम्मेदवारको घोषणा गरेको इतर पक्षले प्रदेश अधिवेशन सम्पन्न हुँदासम्म पनि साझा उम्मेदवार तोक्न सकेन । 

    पछिल्लो प्रदेश अधिवेशनको मत परिणाम अनुसार संस्थापन पक्षको उपस्थिति बलियो देखिएको छ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा नै आउने संभावना बढेको छ । संस्थापन पक्ष पनि पदाधिकारीको टुंगो लगाउन छलफलमा व्यस्त छ ।

    कांग्रेस १४ औं महाधिवेशन शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # महाधिवेशन

  • तेस्रो आँखा