काठमाडाैं,३१ असार । आज देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार राति प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यसैगरी देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्यता बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम सामान्यता सफा रहने विभागको पूर्वानुमान छ।
