• ट्रेण्डिङ्ग :
संघ र प्रदेशको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने जसपाकाे निर्णय

संघ र प्रदेशको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने जसपाकाे निर्णय


  • 4.9K
    SHARES
    • आषाढ ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    संघ र प्रदेशको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने जसपाकाे निर्णय

    काठमाडाैं,३१ असार । जनता समाजवादी पार्टी (जसपा) ले आगामी संघ र प्रदेशको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। वीरगन्जमा सम्पन्न जसपाको केन्द्रीय कार्यकारीणी समिति र केन्द्रीय समितिको बैठकले आगामी निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने निनर्णय गरेको हो। 

    images

    वीरगन्जमा शुक्रबार पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गर्दै जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आगामी चुनावसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णग गरिएको जानकारी गराए। विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई दुई पटक संसद विघटन गरेपछि प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धनले प्रतिगमननलाई परास्त गरेर लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई राजनीतिक स्थिरता तर्फ अगाडि बढाएका कारण गठबन्धनको निरन्तरता पार्टीले आवश्यक ठानेको यादवले बताए। 

    यद्यपि स्थानीय निर्वाचनमा हाम्रो पार्टीका केहि तिता अनुभव पनि छ। तर मुलुकका लागि गठबन्धन अहिले पनि आवश्यक ठानेका छौं, उनले भने, त्यहि भएर आगामी निर्वाचनमा पनि हामी तालमेल गरेर जान्छौं। पार्टीका तत्कालीन संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टाराइ पदमुक्त गर्ने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए। पार्टी नै फुटाउने खेलमा लागेका कारण भट्टराइलाई पदमुक्त गरिएको उनले बताए। 


    तेस्रो आँखा
    लेखकबाट थप