• ट्रेण्डिङ्ग :
देउवा सरकारको एक वर्षकाे समय बर्बादीमा बितेको एमालेको निष्कर्ष

देउवा सरकारको एक वर्षकाे समय बर्बादीमा बितेको एमालेको निष्कर्ष


  • 6.8K
    SHARES
    • आषाढ ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    देउवा सरकारको एक वर्षकाे समय बर्बादीमा बितेको एमालेको निष्कर्ष

    काठमाडौं, ३१ असार । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको एक वर्ष समयको बर्बादी मात्र गरेको टिप्पणी गरेको छ ।

    images

    शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्षे कार्यकालबारे पार्टीको धारणा सार्वजनिक गर्दै एमालेले भनेको छ, ‘सरकारको नीति तथा कार्यक्रम, बजेट, संसदमा प्रधानमन्त्रीले गरेको सम्बोधन र नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनलाई हेर्दा यो सरकारले एक वर्ष समयको बर्बादीमा मात्र गरेको छ ।’

    संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशान र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको एमालेको निष्कर्ष छ ।

    ‘संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा त सरकारले छेउ टुप्पो नै फेला पार्न समेत सकेको छैन,’ एमाले सचिव योगेश भट्टराईले भनेका छन् ।

    293409711_726389638622264_5875488718129458273_n.jpg293479716_452749756695084_759596740809950838_n.jpg293356997_1343264822867912_977075359600393511_n.jpg 293370317_594253642313759_5698523995317019071_n.jpg293600350_2957168051242080_7622167685226264513_n.jpg


    तेस्रो आँखा
    लेखकबाट थप