• ट्रेण्डिङ्ग :
एमसीसीका विषयमा ओलीले कुप्रचार गरे -नारयणाकाजी श्रेष्ठ

एमसीसीका विषयमा ओलीले कुप्रचार गरे -नारयणाकाजी श्रेष्ठ


  • 5.6K
    SHARES
    • श्रावण १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    एमसीसीका विषयमा ओलीले कुप्रचार गरे -नारयणाकाजी श्रेष्ठ

    काठमाडाैं,१ साउन ।  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुटो बोलेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले एमसीसी सम्झौता अरुले जस्तो गुपचुप राख्नु भन्दा राष्ट्रिय बहस होस् भनेर संसदमा पेश गरेको बताएका थिए ।

    images

    तर श्रेष्ठले ओलीको उक्त भनाइको खण्डन गर्दै अमेरिकाले दबाव दिएपछि ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा पेश गरेको बताए । ‘पछिल्लो पटक क। केपी प्रम हुनुभएपछि एमसीसी अमेरिकाले संसदबाट अनुमोदनका लागि नेपाल सरकारलाई औपचारिक पत्र पठायो र केपी सरकारले संसदबाट अनुमोदनका लागि प्रकृया अघि बढायो’ उनले फेसबुकमा लेखेका छन् ।

    ओलीले शनिबारको कार्यक्रममा अहिले संसद कमजोर भएकाले एमसीसी पारित गरेको बताएका थिए । माओवादी नेता श्रेष्ठले ओलीको उक्त भनाइको पनि खण्डन गरेका छन् । विगतमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा एमसीसी विशुद्ध आर्थिक विकासको योजना भएको र सार्वभौमिकता र राष्ट्रिय हित प्रतिकुल प्रावधान नभएको भन्दै ओलीले बचाउ गरेको श्रेष्ठले बताए ।

    पछि पुष्पकमल दाहाल प्रचण्ड र आफूसहितका नेताहरु एमसीसी अनुमोदन असफल पार्ने प्रस्ताव लिएर ओलीसमक्ष जाँदा उक्त सम्झौतामा राष्ट्रिय हित विपरीतका कुनै प्रावधान नरहेको भनेर जोड दिएको पनि श्रेष्ठले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप