• ट्रेण्डिङ्ग :
भट्टराईलाई गठबन्धनमै रहन प्रचण्डकाे आग्रह

भट्टराईलाई गठबन्धनमै रहन प्रचण्डकाे आग्रह


  • 5.6K
    SHARES
    • श्रावण ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    भट्टराईलाई गठबन्धनमै रहन प्रचण्डकाे आग्रह

    काठमाडाैं,३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) बाट कारवाहीमा परेका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई गठबन्धनमै रहन आग्रह गरेका छन् । मंगलबार भएको दुई नेताबीचको छलफलपछि  सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले डा भट्टराई गठबन्धनमै रहन आग्रह गरेको बताए । 

    images

    प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि भट्टराईसँग सिंहदरबारमा छलफल भएको थियो । दुई नेताबीचको छलफलमा गठबन्धनका बारेमा छलफल भएको हो । नयाँ पार्टी बनाउने गृहकार्यमा रहेका भट्टराईले गठबन्धनको बारेमा जिज्ञासा राख्दा प्रचण्डले वर्तमान गठबन्धनमा रहन भट्टराई सुझाव दिएको स्रोतले जनाएको छ ।  

    जसपामा रहेपनि वा नयाँ पार्टी गठन गरेपनि वर्तमान गठबन्धनमा रहनुपर्ने अध्यक्ष प्रचण्डको आग्रह थियो । भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार  प्रचण्डले आफ्नो भारत भ्रमणका बारेमा पनि जानकारी गराएका थिए । यस्तै दुई नेताबीचको भेटमा चुनावी गठबन्धन तथा समाजवादी केन्द्र गठन गर्ने विषयमा समेत छलफल भएको छ । समाजवादी केन्द्र गठन गर्ने प्रकृया चाँडै आगाडि बढाउने कुराकानी भएको हो । त्यसका लागि थप छलफलहरु गर्दै जाने दुईजनाको बीचमा सहमति भएको बताइएको छ ।​


    तेस्रो आँखा
    लेखकबाट थप