• ट्रेण्डिङ्ग :
सेवा आयोग खारेज गरेर करारमा दरबन्दी पूर्ति गर्न खोज्नु गलत: अनेरास्ववियु अध्यक्ष बराल

सेवा आयोग खारेज गरेर करारमा दरबन्दी पूर्ति गर्न खोज्नु गलत: अनेरास्ववियु अध्यक्ष बराल


  • 4.9K
    SHARES
    • श्रावण ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    सेवा आयोग खारेज गरेर करारमा दरबन्दी पूर्ति गर्न खोज्नु गलत: अनेरास्ववियु अध्यक्ष बराल

    काठमाडाैं, ३ साउन । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले सेवा आयोग खारेज गरेर करारमा मात्र कर्मचारी नियुक्त गर्ने कुरा उठेको भन्दै त्यसको विरोध गरेकी छन् ।

    images

    काठमाडौंमा आयोजित राष्ट्रको समृद्धिका लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो कार्य गर्न खोज्नु र माग गर्नु दुबै गलत भएको बताइन्। विश्वविद्यालयकाे सेवा आयोगको परिक्षामा दुई प्रतिशत मात्र पास हुने लज्जास्पद अवस्था रहेको समयमा सेवा आयोग खारेज गरेर करारबाट पदपूर्ति गर्ने कामले हामीलाई कता तिर लैजान्छ ? र हामी कता जान खोज्दै छौँ ? भन्दै बरालले प्रश्न गरिन् । सेवा आयोग खारेज गर्नु नहुने उनको भनाइ छ ।  

    उनले हाम्रो विश्वविद्यालयलाई सुधार गर्न हामी कति लागिरहेका छौँ ? त्यो पनि आजको समिक्षाको विषय भएको बताइन् । राजनीतिक मुद्दामा मात्र बहस नगरेर त्रिभुवन विश्वविद्यालयमा देखिएका विकृति र विसंगतिको बारेमा पनि बहस गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । अनेरास्ववियुले अब विज्ञान प्रविधि र आजको शैक्षिक, आर्थिक, सामाजिक अवस्थाअनुसार आफूलाई परिवर्तन गर्दै त्यसतर्फ ध्यान केन्द्रीत गर्ने पनि बरालले स्पष्ट पारिन् । 


    तेस्रो आँखा
    लेखकबाट थप