• ट्रेण्डिङ्ग :
हेटौँडा क्याम्पस प्रकरण: क्याम्पसका २ कार्यालय सहयोगी निलम्बित गरी छानबिन समिति गठन

हेटौँडा क्याम्पस प्रकरण: क्याम्पसका २ कार्यालय सहयोगी निलम्बित गरी छानबिन समिति गठन


  • 6.3K
    SHARES
    • श्रावण ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    हेटौँडा क्याम्पस प्रकरण: क्याम्पसका २ कार्यालय सहयोगी निलम्बित गरी छानबिन समिति गठन

    हेटौँडा, ४ साउन। मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ स्थित हेटौँडा क्याम्पसमा परीक्षा दिन पुगेका दुई छात्रालाई चिट लुकाएको भन्दै दुर्व्यवहार गरेको आरोप लागेका कार्यालय सहयोगीलाई निलम्बन गरिएको छ ।

    images

    क्याम्पस प्रशासनले सर्वपक्षीय बैठक राखेर दुईजना कार्यालय सहयोगीलाई निलम्बन गर्ने निर्णय गरेको हो । विद्यार्थीहरूले दोषीलाई कारबाहीको माग गर्दै आज क्याम्पस परिसरमा नाराबाजी र तोडफोड गरेका थिए । मकवानपुरमा क्रियाशील विद्यार्थी संगठनका प्रतिनिधि, अविभावक तथा क्याम्पस प्रमुख रहेको सर्वपक्षीय बैठकले दुई कर्मचारीलाई अब कुनैपनि परीक्षा सञ्चालनमा सहभागी हुन नपाउने गरी निलम्बन गर्ने सहमति गरेको हो ।

    बैठकले चार बुँदे सहमतिसहित ३ दिनभित्र प्रतिवेदन पेस गर्नेगरी छानबिन समिति पनि बनाएको छ । अब हुने परीक्षालाई भयरहित बनाउने, क्याम्पसको पठकपाठन शान्तिपूर्वक सञ्चालन गर्ने समेत सहमति भएको हेटौँडा क्याम्पसमा साहायक क्याम्पस प्रमुख देवीराम लामाले बताए । 

    मकवानपुर बहुमुखी क्याम्पसबाट परीक्षाको लागि हेटौँडा क्याम्पस पुगेका दुई छात्राले कर्मचारीले आफूहरूलाई दुर्व्यवहार गरेको बताएका थिए । ‘चिट लुकाएको’ भन्दै भन्दै आफूहरूको भित्री वस्त्रसमेत खोल्न लगाइएको ती छात्राको दाबी छ । पीडित विद्यार्थीले आफू महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’ मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको बताएका छन् ।

    hetauda-campus-chhanbin-samitee-1133x1536.jpg


    तेस्रो आँखा
    लेखकबाट थप