काठमाडौं, ५ साउन। भारत स्थित उडुपी जिल्लाको टोल ब्लकमा बुधबार तीव्र गतिमा रहेको एम्बुलेन्स दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । यस घटनामा एक जना मेडिकल स्टाफ , दुई बिमारी र एक टोल कर्मचारीको मृत्यु भएको हो ।
दुर्घटनामा चालक गम्भीर घाइते भएको जनाइएको छ । प्रहरीका अनुसार एम्बुलेन्सले बिरामीलाई उपचारका लागि उत्तर कन्नड जिल्लाको होन्नावारा लैजाँदै गरेको थियो । उक्त एम्बुलेन्सको बाटो अगाडी गाई देखेपछि सो गाईलाई बचाउनब्रेक लगाउँदा एम्बुलेन्स दुर्घटना भएको जनाइएको छ ।
उक्त घटनाको भिडिओ नजिकैको सिसीटीभीमा कैद भएको थियो भने हाल सो भिडिओ भारतीय सामाजिक संजालहरुमा भाइरल भइरहेको छ ।
