• ट्रेण्डिङ्ग :
सुर्खेतको भेरीगंगामा मानव कङ्काल भेटियो

सुर्खेतको भेरीगंगामा मानव कङ्काल भेटियो


  • 3.7K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 5.8K Views

    सुर्खेतको भेरीगंगामा मानव कङ्काल भेटियो

    सुर्खेत, ६ साउन । सुर्खेतको भेरीगङ्गा नगरपालिका–१० सुर्खेत साततलेस्थित गौरीशङ्कर सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ ।  बिहीबार दिउँसो उक्त मानव कङ्काल भेटिएको हो ।

    images

    कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेले उक्त सामुदायिक वनमा च्याउ खोज्न गएका स्थानीयवासीले मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेको बताए । उनका अनुसार खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जनाको टोली त्यहाँ पुगेको थियो ।

    तीन–चार महिनाअघिको देखिने मानव कङ्काल पुरुषको भएको र छरिएको अवस्थामा भेटिएको प्रहरी प्रवक्ता पाण्डेको भनाइ छ । 
    जनप्रतिनिधिको रोहवरमा घटनास्थलबाट मुचुल्का गरी कङ्काललाई प्रहरीले ल्याएको उनले बताए । 
    प्रहरीका अनुसार सो घटनाबारे अनुसन्धान भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # मानव कङ्काल

  • तेस्रो आँखा