• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री देउवाद्वारा श्रीलंकका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिंघेलाई बधाई तथा शुभकामना व्यक्त

प्रधानमन्त्री देउवाद्वारा श्रीलंकका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिंघेलाई बधाई तथा शुभकामना व्यक्त


  • 6.0K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    प्रधानमन्त्री देउवाद्वारा श्रीलंकका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिंघेलाई बधाई तथा शुभकामना व्यक्त

    काठमाडौं, ६ साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिंघेलाई बधाई तथा शुभकामना दिएका छन् । देउवाले ट्वीट गर्दै नेपाल सरकार र नेपाली नागरिकको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दछु भनेका छन् ।

    images

    देश आर्थिक संकटमा फसेपछि नागरिकमाझ अलोकप्रिय भएका प्रधानमन्त्री विक्रमसिंघेलाई बुधबार श्रीलंकाली संसदले राष्ट्रपति चयन गरेको थियो । ६ कार्यकाल प्रधानमन्त्री बनेका उनले आफू राष्ट्रपति भए लगत्तै दिनेश गुणावर्धनेलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । विक्रमासिंघे बुधबार श्रीलंकाको संसदबाट नयाँ राष्ट्रपति चुनिएका थिए। शुक्रबार उनले दिनेश गुणावर्देनालाई  प्रधानमन्त्री नियुक्त गरेका छन्। शुक्रबार नै श्रीलंकामा नयाँ मन्त्रिपरिषद् गठन भएको छ। प्रधानमन्त्रीसहित उक्त मन्त्रिपरिषद्मा १८ सदस्य छन्।

    विक्रमासिंघे यस्ता व्यक्ति हुन् जो ६ पटकसम्म श्रीलंकाका प्रधानमन्त्री बनेका छन्। अहिलेसम्म अरू कोही यति धेरै पटक प्रधानमन्त्री बनेको छैन। उनी सन् १९४९ मा कोलोम्बो प्रभावशाली राजनीतिक परिवारमा जन्मिएका हुन्। युनिभर्सिटी अफ कोलोम्बोमा पढ्दा विक्रमासिंघे विद्यार्थी राजनीतिमा सक्रिय थिए। पछि उनी २८ वर्षको उमेरमै सांसद चुनिए।

    सन् १९७७ मा युवा तथा रोजगार मन्त्री बनेका विक्रमसिंघे त्यसयता निरन्तर सत्ताकै वरिपरि छन्। उनी १९९३ मा पहिलो पटक प्रधानमन्त्री भए।  १९९४ मा पदमुक्त भए। २००१ मा दोस्रो पटक प्रधानमन्त्री भएका उनी २००४ सम्म सत्तामा रहे। २०१५ मा तेस्रो पटक प्रधानमन्त्री बनेका उनले सन् २०१८ सम्म थप दुई पटक प्रधानमन्त्रीको सपथ लिए।

    आर्थिक संकटबाट गुज्रिएपछि गत मेमा तत्कालीन राष्ट्रपति गोटवाया राजापाक्षेले विक्रमासिंघेलाई छैठौं पटक प्रधानमन्त्री नियुक्त गरेका थिए। राजापाक्षेले अर्थमन्त्रीको जिम्मा पनि उनैलाई दिएका थिए। यसअघि आमनिर्वाचनबाट राष्ट्रपति चुनिन खोज्दा विक्रमासिंघे दुई पटक पराजित भएका थिए। सन् १९९९ पहिलो पटक राष्ट्रपति हुन खोज्दा उनी चन्द्रिका कुमाराटुंगासँग पराजित भएका थिए भने सन् २००५ को चुनावमा उनलाई महिन्दा राजापाक्षेले हराएका थिए।

    गएको आमचुनावमा उनको युनाइटेड नेशनल पार्टीले नराम्रोसँग हार व्यहोर्‍यो।  विक्रमासिंघे आफैं पनि पराजित भए। पछि उनी समानुपातिक तर्फबाट सांसद बने। दुई वर्षअघिको चुनावमा भएको त्यो शर्मनाक हारलाई बिर्साउने गरी विक्रमासिंघे अहिले राष्ट्रपति चुनिएका छन्। उनी अब सन् २०२४ को नोभेम्बरसम्म राष्ट्रपति हुन पाउनेछन्।


    तेस्रो आँखा
    लेखकबाट थप