• ट्रेण्डिङ्ग :
ब्राजिलमा प्रहरी कारबाहीमा १६ जनाको मृत्यु

ब्राजिलमा प्रहरी कारबाहीमा १६ जनाको मृत्यु


  • 5.4K
    SHARES
    • श्रावण ७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    ब्राजिलमा प्रहरी कारबाहीमा १६ जनाको मृत्यु

    रियो दि जेनेरियो, ७ साउन । ब्राजिलको प्रहरीले राजधानी रियो दि जेनेरियोको एक आपराधिक समूहमाथि छापा मार्ने क्रममा १९ जनाको मृत्यु भएको जनाएको छ । राजधानीको सबैभन्दा हिंसात्मक गिरोह लुकेको स्थानमा छापा मार्ने क्रममा १९ जनाको मृत्यु  भएको हो ।

    images

    अलेमाओ फाभेलामा चार सय भारी सशस्त्र सैन्य प्रहरी तैनाथ गरिएको थियो । मृतकमध्ये १६ जना संदिग्ध अपराधी रहेको बताइएको छ । छापा मार्ने क्रममा एक प्रहरी अधिकारी र एक जना प्रत्यक्षदर्शी मारिएको प्राप्त विवरणमा जनाइएको छ । 

    प्हरी कारबाही दिनभर चलेको थियो, जसका कारण सो क्षेत्र वरपरका हजारौं मानिस आफ्नो घरमा फसेका थिए ।

  • सम्बन्धित विषय:

  • # प्रहरी कारबाही

  • तेस्रो आँखा