झापा , ८ साउन । कचनकवल गाउँपालिका वडा नं ५ पाठामारीका तीन किशोरीले एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।
पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा झिङ खोलाको किनारमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा उनीहरु फेला परेका हुन् ।
बयरको रुखमा भुन्डीएको अवस्तामा स्थानीय १६ र १७ वर्षका किशोरीहरु रहेका छन् । स्थानीय पंचम गणेशकी १६ वर्षिया छोरी करिना , पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना आज विहान ७ः३० बजे झुन्डिएको अबस्थामा फेला परेको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । उनीहरु हिजो दिउँसोदेखि हराएका थिए । दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अबस्थामा फेला परेका हुन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।
