• ट्रेण्डिङ्ग :
आरजु राणा र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

आरजु राणा र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता


  • 6.2K
    SHARES
    • श्रावण ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    आरजु राणा र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

    काठमाडौं, ११ साउन। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा र भारतीय जनता पार्टी  (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।

    images

    चौथाइवालेले देउवासँग भारतको नयाँदिल्लीम भेटवार्ता भएको ट्विटरमा उल्लेख गरेका छन्। उनले ६ महिनापछि देउवासँग भेट भएको भन्दै खुशी व्यक्त गरेका छन्। आरजु स्वास्थ्य उपचारका क्रममा हाल नयाँदिल्लीमा छिन् ।

    यसअघि गत वर्ष चौथाइवाले नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आरजुले उनलाई जनैपूर्णिमाको दिन राखी बाँधिदिएकी थिइन्।

  • सम्बन्धित विषय:

  • # नेपाल-भारत

  • तेस्रो आँखा
    लेखकबाट थप