• ट्रेण्डिङ्ग :
सिद्धबाबाको महायज्ञ, रोशनी शाहीको होहल्ला

सिद्धबाबाको महायज्ञ, रोशनी शाहीको होहल्ला


  • 5.8K
    SHARES
    • श्रावण १२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    सिद्धबाबाको महायज्ञ, रोशनी शाहीको होहल्ला

    काठमाडौं, १२ साउन। पशुपति मन्दिरमा चलिरहेको ‘अतिरुद्र महायज्ञ’ मा मंगलबार एकाएक होहल्ला हुन थाल्यो। होहल्लामा पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाही सहभागी थिइन् ।

    images

    उनले बलात्कार आरोपित व्यक्तिले आयोजना गरेको ‘महायज्ञ’ भन्दै विरोध जनाएर हल्लाखल्ला गर्न थालेकी थिइन्। सार्वजनिक कार्यक्रममा होहल्ला गरेको भन्दै प्रहरीले उनलाई तत्काल पक्राउ गर्‍यो।

    उनलाई पक्राउ गरेर प्रहरीले महायज्ञको वातावरण शान्त पारे पनि उनको आरोप गम्भीर थियो। महायज्ञ आयोजना बलात्कारका आरोपितबाटै भएको थियो।

    ‘सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान’ नामक संस्थाले महायज्ञ आयोजना गरेको हो । जसका मुख्य पात्र ‘सिद्धबाबा’ का नामले परिचित कृष्ण गिरी हुन् । उनीमाथि बलात्कारको आरोप छ। सुनसरीको चतराधाम आश्रममा बस्ने सिद्धबाबाविरुद्ध एक महिलाले जबरजस्ती करणीको आरोप लगाएकी थिइन् ।

    ती महिलाका अनुसार २०७६ कात्तिक ३ गते राति उनीमाथि सिद्धबाबाले बलात्कार गरेका थिए।

  • सम्बन्धित विषय:

  • # रोशनी शाही
  • # सिद्धबाबा

  • तेस्रो आँखा