• ट्रेण्डिङ्ग :
अध्यक्ष प्रचण्ड र यूरोपेली युनियनकी राजदूत नोना डोप्रेजबीच भेटवार्ता

अध्यक्ष प्रचण्ड र यूरोपेली युनियनकी राजदूत नोना डोप्रेजबीच भेटवार्ता


  • 4.6K
    SHARES
    • श्रावण १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    अध्यक्ष प्रचण्ड र यूरोपेली युनियनकी राजदूत नोना डोप्रेजबीच भेटवार्ता

    काठमाडौं, १३ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र यूरोपेली युनियनकी राजदूत नोना डोप्रेजबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न डोप्रेजसहितको टोली खुमलटार पुगेको हो ।

    images

    भेटमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहेको उनले बताएकी छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार नेपालको शान्ति प्रक्रिया सकरात्मक दिशामा अघि बढेको टिप्पणी गरेकी छन् ।

    उनका अनुसार प्रचण्डले युरोपेली युनियनलाई सहयोगका लागि धन्यवादसहित नेपालको शान्ति र विकासको लागि साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप