• ट्रेण्डिङ्ग :
ज्यानको धम्की आएपछि अभिनेता सलमानले सुुरक्षाका लागि बुलेट प्रुफ गाडी  किने 

ज्यानको धम्की आएपछि अभिनेता सलमानले सुुरक्षाका लागि बुलेट प्रुफ गाडी  किने 


  • 7.9K
    SHARES
    • श्रावण १४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    ज्यानको धम्की आएपछि अभिनेता सलमानले सुुरक्षाका लागि बुलेट प्रुफ गाडी  किने 

    काठमाडौं, १४ साउन। बलिउड अभिनेता सलमान खानलाई कैयौंपटक ज्यानको धम्की आइसकेको छ । हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यानको धम्की दिएका थिए ।

    images

    प्रहरीले गरेको अनुसन्धानमा लरेन्सले सलमानको हत्याका लागि सुपारीसमेत दिएको खुलेको थियो । सुपारी पाएका सुटर हत्याका लागि मुम्बईसम्म पुगेका थिए । यसपछि मुम्बई प्रहरीले सलमानको सुरक्षा कडा पारेको थियो ।

    सलमानले हालैमात्र मुम्बईका पुलिस कमिसनरसँग भेटेर लाइसेन्सवाला हतियार राख्ने विषयमा छलफल गरेका छन् । सलमानले हालै मात्र आफ्नो सुुरक्षाका लागि बुलेट प्रुफ गाडी किनेका छन् । उनले आफू चढ्दै आएको ल्यान्डरोभर गाडीको सा सेतो रंगको बुलेटप्रुफ गाडी किनेका हुन् । उनले हतियारयुक्त सुरक्षाकर्मी पनि सँगै लिएर हिँडने गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # सलमान खान

  • तेस्रो आँखा
    लेखकबाट थप