रक्तसञ्चारमा क्रान्तिको धुन बजाउने
यौन जोवनमा जँङ्गल धाउने
कापी किताब जलाएर बारुद बनाउने
कलम भाचेर बम बनाउने
कोमल ति हातका औंलाले टिगर दवाउदै
दुस्मनका किल्लामा धावा बोल्दै
आफ्नो जिवनलाई तिलान्जली दिने
ती महान सहिदहरु बोल्दैछन
खोई कमरेड हाम्रा सपना रु
कम्युन भावना
क्रान्तिकारी चेतना माक्र्सवादी दर्शन
माओवादी सिद्धान्त
लेलिनवादी सँङ्गठनात्म विचार
खोई कमरेड हाम्रा सपना ।
अन्याय अत्यचारका किल्ला भत्काउने
दीन दुखी गरिबका सुनौला दिन ल्याउने
घुसखोरी तस्करी देस द्रोहिको चिहान खन्ने
कुहिरो भित्र छिपिएका क्रान्तिका ताराहरुलाई सुनौलो विहानीमा छाउने
खोइ कमरेड हाम्रा सपना रु
कहि कतै हामी सेता हात्ती टाटेपाटे चितुवाको मुल्यमा त बिकेनौं
गगनचुम्वी महल राता कार्पेट चिल्ला गाडी चरिभै भुरुरू उड्ने विलास जिवनमा त लिप्त भएनौं
खोई कमरेड ती हाम्रा सपना ?
बिसी जनमुक्ति सेना पलाटुन कमान्डर हुन् ।
रविन बिसी ‘प्रतिविम्व’
