• ट्रेण्डिङ्ग :
व्यापारीले भाडा नतिरेपछि ३५ दिनभित्र सटर खाली गर्न महानगरको सूचना

व्यापारीले भाडा नतिरेपछि ३५ दिनभित्र सटर खाली गर्न महानगरको सूचना


  • 6.4K
    SHARES
    • श्रावण २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    व्यापारीले भाडा नतिरेपछि ३५ दिनभित्र सटर खाली गर्न महानगरको सूचना

    पोखरा, २० साउन । पोखरा महानगरपालिकाले महेन्द्रपुल, राष्ट्र बैंकचोक, मालपोत कार्यालय अगाडि लगायत विभिन्न ठाउँमा रहेको जग्गामा सटर बनाएर भाडामा लगाएको छ । तर लामो समयदेखि व्यवसायीले भने भाडा बापतको रकम तिरेका छैनन् । तर महानगरले व्यवसायीसँग भाडा लिन सकेको छैन ।

    images

    महालेखा परीक्षकले हरेक वर्ष उक्त भाडा असुल्न निर्देशन दिन्छ । तर महानगरले व्यवसायीबाट भाडा उठान सकेको छैन । यसैबीच भाडा नतिरेका व्यवसायीलाई सटर खाली गर्न महानगरले उर्दी जारी गरेको छ । 

    एक सूचना जारी गर्दै महानगरले ३५ दिनभित्र सटर खाली गर्न निर्देशन दिएको हो । 

    महानगरको स्वामित्वमा रहेका महेन्द्रपुल नजिकका सटरमा व्यवसाय सन्चालन गर्दै आएकाहरुले विगतमा गरेका सम्झौताको म्याद थप नगरेको जनाएको छ ।

    ‘व्यवसायीहरु सम्पर्कमा आएका छैनन् । पटक पटक ताकेता गर्दा बहाल बक्यौता भुक्तानी नदिएकोले सटर खाली गर्न सूचना निकालिएको छ । ३५ दिनभित्र आफैं सटर कवलबाट ब्यवसाय हटाउनु होला । आफै नहटाएमा कानून बमोजिम कार्यान्वयन हुने व्यहोरा सूचित गरिन्छ’ सूचनामा भनिएको छ ।

  • सम्बन्धित विषय:

  • # महानगरको सूचना

  • तेस्रो आँखा