• ट्रेण्डिङ्ग :
काठमाडौं महानगरले नर्भिक हस्पिटललाई भन्यो: नियमविपरीतकाे संरचना २४ घण्टाभित्र हटाउ

काठमाडौं महानगरले नर्भिक हस्पिटललाई भन्यो: नियमविपरीतकाे संरचना २४ घण्टाभित्र हटाउ


  • 6.2K
    SHARES
    • श्रावण २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    काठमाडौं महानगरले नर्भिक हस्पिटललाई भन्यो: नियमविपरीतकाे संरचना २४ घण्टाभित्र हटाउ

    काठमाडौं, २३ साउन। काठमाडौं महानगरपालिकाले नर्भिक हस्पिटललाई नियमविपरीत बनाएका संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ।

    images

    काठमाडौं महानगरपालिकाको नाममा दर्ता रहेको एक रोपनी ८ आना एक पैसा क्षेत्रफल रहेको जग्गा हस्पिटलले लिजमा लिएको थियो। लिजमा लिएको जग्गामा नियमविपरीतका संरचना बनाएको हुँदा उक्त संरचना भत्काउन हस्पिटललाई २४ घण्टे अल्टिमेटम दिइएको सहरी व्यवस्थापन विभागका विभागीय प्रमुख सुरज शाक्यले जानकारी दिए।

    उनका अनुसार नर्भिक हस्पिटलले जग्गाको पश्चिमतर्फ नेपाल सरकारसँग भएको सम्झौताविपरीत क्यान्टिनलगायत बनाएको थियो। नक्सा पास स्वीकृत नगरी बनाएको संरचना भत्काउन महानगरले अल्टिमेटम दिएको शाक्यले बताए। २४ घण्टाभित्र टहरा नहटाए नियमअनुसार कारबाही गर्ने महानगरले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # काठमाडाैं महानगरपालिका

  • तेस्रो आँखा
    लेखकबाट थप