• ट्रेण्डिङ्ग :
छायाँकार विदुर पाण्डेको निधन

छायाँकार विदुर पाण्डेको निधन


  • 5.4K
    SHARES
    • श्रावण २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    छायाँकार विदुर पाण्डेको निधन

    काठमाडौं २५ साउन । छायाँकार विदुर पाण्डेको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार ५५ वर्षीय पाण्डेको बुधबार बिहान हृदयघातका कारण निधन भएको हो । 

    images

    उनको शवलाई श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा ९ बजेदेखि ११ बजेसम्म राखिने चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।

    उनी ३५ वर्षदेखि चलचित्र क्षेत्रमा निरन्तर काम गर्दै आएका थिए । उनले नेपालको पहिलो डिजिटल फिल्म कागबेनीको छायांकन गरेका थिए । उनले थुप्रै म्युजिक भिडियो, विज्ञापन, फिल्महरूमा काम गरेका छन् । स्वरु, भुइँमान्छे, मेरो बेस्ट फ्रेन्ड, पण्डित बाजेको लौरी, जंग बहादुरको कोट लगायत फिल्मका छायांकन गरेका थिए ।

    भूषण दाहालले निर्देशन गरेको बस सुन्दरी, कबवेबका म्युजिक भिडियो खिचेका पाण्डे कान्तिपुर र नागरिक नेटवर्कमा समेत डीओपी डिरेक्टर अफ फोटोग्राफी थिए ।

    उनलाई विदुरसँगै नवीन नामले पनि चिन्नेहरू थिए ।  उनका एक छोरा र श्रीमती रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # विदुर पाण्डे

  • तेस्रो आँखा