• ट्रेण्डिङ्ग :
विवादले पनि छुटेन रामबाबु र मिरुनाको साथ

विवादले पनि छुटेन रामबाबु र मिरुनाको साथ


  • 6.3K
    SHARES
    • श्रावण २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    विवादले पनि छुटेन रामबाबु र मिरुनाको साथ

    काठमाडौं, २५ साउन। नयाँ फिल्म ‘फूलबारी’मा ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगर पनि जोडिएकी छन् । ‘कबड्डी ४ पछि रामबाबु र मिरुनाबीच पुनः सहकार्य हुन लागेको हो । ‘कबड्डी ४’को मुख्य भूमिकामा अभिनय गरेकी मिरुना त्यसपछि फुर्वा तामाङ प्रकरणमा मुछिएकी थिइन् ।

    images

    यो विवादको किनारा अझै लागिसकेको छैन। फुर्वाले मिरुनाले आफूलाई हातपात गरेको भन्दै अदालतमा मुद्दा हालेका छन्। यही बीच निर्देशक गुरुङले नयाँ फिल्म निर्माणको घोषणा गरे। धेरैले सोचेका थिए   रामबाबुको नयाँ फिल्म ‘फूलबारी’मा मिरुना अटाउने छैनन्। तर नयाँ फिल्ममा पनि उनले मिरुनालाई लिएका छन्।

    फिल्ममा मिरुना केमियो भूमिकामा उनी प्रस्तुत हुनेछिन् । यशोधा फिल्म्सले निर्माण गर्न लागेको फिल्मको शीर्षक पनि ‘फूलबारी’ नै निश्चित भएको छ । यसअघि वर्किङ टाइटल पनि यही नै थियो ।यस अघि फिल्ममाा प्रियंका कार्की फाइनल भइसकेकी छन् ।

    फिल्ममा प्रियंका कार्की र मिरुनाका अलवाअरुणा कार्की, दयाहाङ राई, विपिन कार्कीको मुख्य भुमिका रहेको छ । मिरुना यतिबेला लण्डनमा छिन् । ‘फूलबारी’को छायांकनको लागि उनी चाँडै नेपाल फर्कने तयारीमा छिन् ।


    तेस्रो आँखा
    लेखकबाट थप