• ट्रेण्डिङ्ग :
मन्त्री बडूसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुककाे भेटवार्ता, द्विपक्षीय सम्बन्धका विषयमा छलफल

मन्त्री बडूसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुककाे भेटवार्ता, द्विपक्षीय सम्बन्धका विषयमा छलफल


  • 5.9K
    SHARES
    • श्रावण ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    मन्त्री बडूसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुककाे भेटवार्ता, द्विपक्षीय सम्बन्धका विषयमा छलफल

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकले शिष्टाचार भेट गरेका छन् । 

    images

    मन्त्रालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री बडूले नेपाल र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र आगामी दिनमा द्विपक्षीय हितका विभिन्न क्षेत्रमा सहकार्यमार्फत यस सम्बन्धलाई प्रगाढ बनाउँदै लैजानुपर्ने बताए। उनले शिक्षा, स्वास्थ्य, ग्रामीण विकास, सूचना प्रविधि र भौतिक पूर्वाधारको क्षेत्रमा दक्षिण कोरियाले पुर्‍याएको योगदानका लागि विशेष धन्यवाद व्यक्त गरे । मन्त्री बडूले नेपाल र कोरियाबीच सांस्कृतिक सम्बन्धका विविध आयाममा सहकार्य गर्ने गरी सन् २००५ मा सांस्कृतिक सम्झौता र नेपाली युवाहरुलाई कोरियामा सहज रोजगारीका लागि सन् २००७ मा इपीएस सम्झौता भएको स्मरण गर्दै यसको कुशल कार्यान्यनबाट दुबै देशले अधिकतम् लाभ लिनुपर्ने बताए । 

    त्यसैगरी उनले आगामी महिना नेपालमै उत्पादन गर्ने गरी कोरियाले सामसुङ टिभीको कारखाना खोल्न लागेको जानकारी पाउँदा निकै खुशी लागेको बताउँदै ऊर्जा विकास, व्यापार सहजीकरण, पर्यटनलगायत सम्भावनाका विविध क्षेत्रमा लगानी अभिबृद्धिका लागि महामहिम राजदूत पार्कको कार्यकालमा विशेष पहल हुने अपेक्षा व्यक्त गरे। उनले नेपालमा कोरियन लगानीमा सञ्चालित विकास योजनाहरू निर्वाधरूपमा अघि बढाउन र लगानीको सुरक्षाको वातावरण बनाउन सरकार सधैं प्रतिबद्ध रहेको पनि बताए। उनले संयुक्त राष्ट्र संघको विकास नीति समितिले नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने क्रममा सन् २०२६ मा अल्पविकसीत राष्ट्र (एलडीसी) बाट स्तरोन्नती हुन सिफारिस गरेकोले स्तरोन्नती हुने विषयलाई दीगो बनाउन गर्नुपर्ने सहयोग एवं सहकार्यका लागि आग्रह पनि गरे । 

    भेटमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ–सुकले नेपाल र कोरियाबिचको कुटनीतिक सम्बन्धलाई हार्दिकतापूर्ण बनाउन कोरिया सरकार सधैं सकारात्मक रहेको बताए । उनले नेपालमा पूर्वाधार निर्माण, सूचना प्रविधिको विकास, ऊर्जा, हाइड्रोपावरका क्षेत्रमा कोरियाले लगानी गरिरहेको र नेपालको विकास प्राथमिकताका अरु क्षेत्रमा लगानी विस्तार गर्न तयार रहेको बताए। यसैगरी राजदूत चोङ–सुकले कोभिड–१९ का कारण रोकिएको एपीएस अब सहज बन्दै गएको जानकारी गराउँदै आफ्नो कार्यकालमा नेपाल र कोरियाबिचको आर्थिक व्यवसायिक सम्बन्धलाई थप मजबुत बनाउन पहल गर्ने विश्वास दिलाए। राजदूत चोङ–सुकले सामसुङ टिभीको नेपालमै उत्पादनका लागि आगामी भदौ ८ गते कारखाना उद्घाटन गर्न लागेकोले त्यसमा आतिथ्यताका लागि मन्त्रीलाई आग्रह गरे । भेटका अवसरमा मन्त्रालयका सम्बन्धित क्षेत्र हेर्ने सहसचिवलगायत कर्मचारीहरुका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो। 

     

  • सम्बन्धित विषय:

  • # नेपाल-काेरिया

  • तेस्रो आँखा
    लेखकबाट थप