• ट्रेण्डिङ्ग :
१० हजार नर्स लैजाने श्रम समझदारीमा हस्ताक्षर गर्दै नेपाल र बेलायत

१० हजार नर्स लैजाने श्रम समझदारीमा हस्ताक्षर गर्दै नेपाल र बेलायत


  • 6.1K
    SHARES
    • भाद्र १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    १० हजार नर्स लैजाने श्रम समझदारीमा हस्ताक्षर गर्दै नेपाल र बेलायत

    काठमाडौं । नेपाल र बेलायतबीच आगामी सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । 

    images

    समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 

    गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्र स्वीकृत गरेको थियो । बेलायतले १० हजार नेपाली नर्सलाई वैदेशिक रोजगारीमा लैजादैँछ ।

  • सम्बन्धित विषय:

  • # नेपाल-बेलायत

  • तेस्रो आँखा
    लेखकबाट थप