• ट्रेण्डिङ्ग :
दुई नेपाली चलचित्र ‘प्रकाश’ र ‘राधा’ एक साथ प्रदर्शनमा

दुई नेपाली चलचित्र ‘प्रकाश’ र ‘राधा’ एक साथ प्रदर्शनमा


  • 9.4K
    SHARES
    • भाद्र १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.4K Views

    दुई नेपाली चलचित्र  ‘प्रकाश’ र ‘राधा’ एक साथ प्रदर्शनमा

    काठमाडौं । नेपाली सिनेबजारमा शुक्रबारबाट एक साथ दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आजबाट दिनेश राउतद्वारा निर्देशित ‘प्रकाश’ र सुवर्ण थापाद्वारा निर्देशित ‘राधा’ एकसाथ प्रदर्शनमा आएका हुन् ।  

    images

    ‘प्रकाश’ मा शिक्षक बन्नका लागि एक व्यक्तिले कस्तो संघर्ष गर्नुपर्छ भन्ने कथा दखाइएको छ । फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतको अभिनय छ । त्यस्तै अभिनेत्री सृष्टि श्रेष्ठ र सौगात मल्लको अभिनय रहेको फिल्म ‘राधा’मा आफ्नो श्रीमानको पर्खाइमा रहेकी एक पत्नीको कथा समेटिएको छ ।

    फिल्ममा सृष्टि र सौगातसँगै दिव्य देभ, खगेन्द्र लामिछाने, दयाहाङ राई, मेनुका प्रधान, बुद्धि तामाङ, निश्चल बस्नेतलगायत कलाकारको अभिनय रहेको छ । दुई नेपाली फिल्मसँगै हलमा विजय देवरकोण्डा अभिनित लाइगर पनि प्रदर्शनमा आएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली फिल्म
  • # मनाेरञ्जन

  • तेस्रो आँखा
    लेखकबाट थप