• ट्रेण्डिङ्ग :
के.सी. एनआरएनए अमेरिकाकाे सल्लाहकारमा मनोनित

के.सी. एनआरएनए अमेरिकाकाे सल्लाहकारमा मनोनित


  • 13.1K
    SHARES
    • भाद्र १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 20.1K Views

    के.सी. एनआरएनए अमेरिकाकाे सल्लाहकारमा  मनोनित

    टेक्सस । टेक्सस अस्टिन निवासी सामाजिक अभियान्ता गेहेन्द्र के.सी. गैर आवासीय नेपाल संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको सल्लाहकारमा मनोनित भएका छन् । 

    images

    एनआरएनए अभियानमा सक्रिय के.सी. अस्टिनमा रहेका नेपालीहरुको साझा संस्था ग्रेटर अस्टिन नेपाली सोसाईटीका संस्थापक अध्यक्ष समेत हुन् । उनी ग्रेटर अस्टिन नेपाली सामुदायिक केन्द्र तथा मन्दिरका संयोजक समेत छन् । 

    एनआरएनका कार्यक्रमहरुलाई अस्टिनमा ल्याउनका लागि पहल गर्ने मध्येका के.सी. ग्रेटर अस्टिन नेपाली सोसाइृटी (ग्यान्स)को अध्यक्ष रहँदा ग्यान्सले नेपालमा भुकम्प जाँदा राहतका लागि ३५ हजार डलर सहयोग संकलन गरेको थियो । सो रकम एनआरएनए अमेरिका भार्फत् भुकम्प पिडित राहत कोषमा जम्मा गरिएको थियो । 

    सो रकम ग्यान्सले एक कार्यक्रमकाबीच तत्कालिन एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेल मार्फत् एनआरएनए अमेरिकालाई हस्तान्तरण गरेको थियो । के.सी. नेपालको शान्तिनगर गाउँपालिका, राजघटुवा दाङका हुन् ।