• ट्रेण्डिङ्ग :
विज्ञले भने- समालोचनामा पूर्वीय पद्धति बिर्सनु हुँदैन

विज्ञले भने- समालोचनामा पूर्वीय पद्धति बिर्सनु हुँदैन


  • 5.5K
    SHARES
    • भाद्र २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    विज्ञले भने- समालोचनामा पूर्वीय पद्धति बिर्सनु  हुँदैन

    काठमाडौं । देशको हावापानी बिर्सिएर नेपाली समालोचना पद्धतिले पश्चिमा अन्धानुकरण गरेकामा साहित्यसम्बद्ध व्यक्तित्वहरूले आपत्ति जनाएका छन्  । नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो समालोचक एवं युवा कवि मोतीराम भट्टको १५७ औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजना गरेको विचार गोष्ठीका सहभागी वक्ताले पूर्वीय समालोचना पद्धति छोडेर नेपाली समालोचनाअघि बढ्न थालेकामा चिन्ता प्रकट गरे । 

    images

     कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पश्चिमाले पूर्वको योगदान खोज्न क्रम सुरु भएकाले हामी पनि हाम्रो चिन्तन पद्धतिअनुसार समालोचनामा फर्कनुपर्नेमा जोड दिए । भाषा विकासको पृष्ठभूमि खोज्दै पश्चिमा जगत् पाणिनीमै पुगेर रोकिएको उदाहरण कार्यक्रममा उनले जनाए । नेपालमा विसं २००७, २०४६ र २०६३ को परिवर्तनले सोच्ने शैलीमा पनि परिवर्तन आएसँगै साहित्यिक क्षेत्रमा पनि त्यसको प्रभाव रहेको कुलपति उप्रेतीको भनाइ थियो । 

    प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले साहित्यसँगै समाज र संस्कृतिको पनि समालोचना हुने कुरा नेपालमा भुल्न थालिएको बताए । योगमायाको योगदानका विषयमा साहित्य र समालोचना हुन सक्ने भए पनि सर्जकको ध्यान यसतर्फ नगएको उहाँको भनाइ थियो । नेपाली समालोचनामा उत्तरवर्ती चिन्त योगमाया हुनसक्ने विचार व्यक्त् गरे । 

     सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले पूर्वीय ऋषि चिन्तन विज्ञान सम्मत रहेको उल्लेख गर्दै पौरस्त्य समालोचना पद्धतिलाई समीक्षा गर्दै अद्यावधिक गरिनुपर्ने धारणा राखे । कार्यक्रममा विषय विज्ञका रुपमा विचार राख्दै प्रा. डा. लक्ष्मणप्रसाद गौतमले समालोचनामा नयाँ विचार र चिन्तनका लागि तेस्रो आँखा वा दृष्टिको आवश्यकता पर्ने बताए । बालकृष्ण समपछि तीन हजारले कविता संग्रह प्रकाशन गरेकामा त्यसबाट तीन हजार कविता पनि मानक रुपमा लिन सकिने अवस्थामा नरहेको  जनाए । 

    समालोचनाका विषय पश्चिमले भन्नुभन्दा पहिलो पूर्वीय दर्शनले भनिसकेकामा पूर्वीय सन्दर्भलाई नयाँपन दिएर लेख्ने परम्परा भने हराउन थालेको गौतमले कार्यक्रममा जानकारी गराए । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका सह-प्राध्यापक डा. रजनी ढकालले दोस्रो विश्व युद्धपछि विश्वजगतमा गरिएका समालोचनालाई उत्तरवर्ती भनिएको बताइन् । 

    पद्मकन्या क्याम्पसकी उपप्राध्यापक डा. अम्बिका अर्यालले विश्वस्तरमा उत्तरवर्ती समालोचना पद्धति पुरानो भए पनि नेपालमा अझै त्यसलाई नयाँ भन्ने गरिएको बताइन् । कार्यक्रममा डा. गोपीन्द्र पौडेल, प्रा. डा. भरत भट्टराई, ज्ञानु अधिकारी, प्रा. डा. जेएन पाण्डे, डा. धनप्रसाद सुवेदी, सह-प्राध्यापक डा. मुकुन्द शर्मालगायतले समालोचना पद्धतिमा मौलिकता मासिन दिनु नहुनेमा जोड दिएका थिए ।